ब्यानर

रोटी रक्सी कोशेली लिएर बालुवाटार पुगे गुरुङहरु, दिए प्रधानमन्त्रीलाई ल्होछारको निम्तो

काठमाडौं । तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङ नेतृत्वको टोली विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगे । अरु बेलाको भन्दा फरक शैलीमा उनीहरु बालुवाटार पुगेका थिए । भेषभूषामा सजिएर पुगेका उनीहरुले प्रधानमन्त्रीका लागि रोटीरक्सी र अचार कोशेली पनि लगेका थिए ।

तमू ल्होछार (पुस १५) को प्रमुख अतिथिको निम्तो दिनका लागि उनीहरु कोशेलीसहित प्रधानमन्त्री निवास पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी उनीहरुले कोशेलीसहित निम्तो दिएका छन् । यो गुरुङहरुको संस्कार हो ।

प्रधानमन्त्री प्रचण्डले तमू ल्होछारको अवसरमा टुँडिखेलमा आयोजित समारोहको प्रमुख अतिथिको निम्तो स्वीकार गरेको तमू ल्होछार मूल आयोजक समितिका संयोजक लोकबहादुर गुरुङले जानकारी दिएका छन् ।

यस वर्ष गुरुङहरुले मुप्री ल्हो (गरूड वर्ग) को स्वागत गर्दै ल्होछार मनाउँदैछ ।